Section 7B
कुनै निश्चित परिमाणको पदार्थको गुणस्तर प्रमाणित गर्ने
(१) कुनै व्यक्तिले कुनै निश्चित परिमाणको पदार्थको गुणस्तर प्रमाणित गराउन चाहेमा त्यसको लागि कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन पर्न आएमा कार्यालयले आवश्यक जाँचबुझ गरी त्यस्तो निश्चित परिमाणको पदार्थ गुणस्तरयुक्त छ छैन प्रमाणित गरिदिन सक्नेछ ।